गाेरखा । आज एमालेका आठै जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् । राष्ट्रपति निर्वाचनको बिषयमा एमाले र माओवादी बिच असहमती भए संगै सोमबारदेखी नै सरकारबाट बाहिरीने निर्णय भए संगै एमालेका सबै मन्त्रीहरुले राजिनामा दिएका हुन् ।
एमालेले संहाल्दै आएको अर्थ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रक्षामन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपंक्षी विकासमन्त्रालयबाट मन्त्रीहरुले राजिनामा दिएका हुन् ।
राजिनामा पछि प्रधानमन्त्री दाहालको काँधमा १६ वटा मन्त्रालयको जिम्मेवारी थपिएको छ । एमाले सरकारबाट बाहिरिएपछि राष्ट्रपति निर्वाचनका लागि बनाइएको आठ दलीय गठबन्धनबाट नयाँ मन्त्री नियुक्ति तयारी दाहालले थालेका छन् ।
यदि आठ दलभित्र सहमति भएमा राष्ट्रपति निर्वाचनअगाडि नै प्रधानमन्त्री दाहालले नयाँ जिम्मेवारीसहित कांग्रेस र अन्य दललाई सरकारमा ल्याउन सक्नेछन् ।
प्रधानमन्त्रीले सम्हालेका मन्त्रालय
- वन तथा वातावरण मन्त्रालय
- युवा तथा खेलकुद मन्त्रालय
- गृह मन्त्रालय
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
- सहरी विकास मन्त्रालय
- कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
- अर्थमन्त्रालय
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
- परराष्ट्र मन्त्रालय
- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
- रक्षा मन्त्रालय
- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
- कृषि तथा पशुपंक्षी विकास मन्त्रालय


