उदयपुर । आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–९ भचुवा २७ वर्षीय बिनोद पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
सोही नगरपालिका–६ को जाल्पा वाबुङ्ला रमिते सामुदायिक बनमासँगै घास काट्न गएको अवस्थामा आफ्नै श्रीमती २० वर्षीया युनिशा खत्री पौडेललाई खुकुरी प्रहार गरी हत्या गरेको उदयपुर प्रहरीले जानकारी दिएको छ ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीको टोलीले बिनोदलाई नियन्त्रणमा लिएको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।


