साँकेतिक तस्बिर
काठमाडौं । नाबालिकाको तस्बिरमा अश्लिलता जोडी हैरानी दिने १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा सुनकोसी गाउँपालिका–४ घर भएका २७ वर्षीय मुगाधन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
नाबालिकाको तस्बिरहरूमा अन्य अश्लील तस्बिरहरू जोडी मेसेन्जरमार्फत उनै बालिकालाई पठाई हैरानी दिएको भन्दै उजुरी परे लगत्तै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको सहयोगमा साइबर व्युरो भोटाहिटिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठ उपर विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।




















