साँकेतिक तस्बिर
गोरखा । कावासोती नगरपालिका–१६ को चालिसकिलोबाट लागूऔषध सहित तनहुँका १ युवक पक्राउ परेको छ ।
पक्राउ पर्नेमा ब्यास नगरपालिका–८ घर भएका २० बर्षिय सन्तोष लामा रहेको कावासोती प्रहरीले जनाएको छ ।
चालिसकिलोमा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा कावासोती तर्फ आउदै गरेको ना. ५ ख ८६९८ नम्बरको बाटमा यात्रा गरीरहेका लामाले शंकास्पद गतिविधी देखाए पछि आइतबार प्रहरीले नियन्त्रणमा लिएर शरिर खानतलासी गरेको थियो ।
प्रहरीले लामाको साथबाट नुफिन ४९ एम्पुल, फेनारागन ४९ एम्पुल, डाईजापाम ४९ गरी १४९ एम्पुल फेला पारेको थियो । लामाकै साथमा रहेको नाईट्राभे६ ३० पिस समेत फेला पारे पछि नियन्त्रणमा लिएको कावासोती प्रहरीले जानकारी दिएको छ ।
लामा सम्वन्धमा आवश्यक अनुसन्धा थालिएको प्रहरीले जनाएको छ ।


