साँकेतिक तस्बिर
डडेल्धुरा । अमरगढी नगरपालिका–५ बागबजारबाट चितुवाको हड्डी सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका–१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका–७ बस्ने २७ वर्षीय बीर बहादुर वली रहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुबाट करिब ४ किलो हड्डी बरामद भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।


