काठमाडौं । गायक तथा गीतकार अभिनय निरौला र गायिका रचना रिमालको स्वरमा रहेको ‘घिर्लिङ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । स्वयम गायक निरौलाको शब्द रहेको यस गीतलाई योगेन्द्र उपाध्यायले संगीतवद्द गरेका हुन् ।
कुशल सिंहले गीतलाई संगीत संयोजन गरेका हुन् । यूवायूवतीको भेटपछि सुरु भएको कुराकानी बिहेसम्म पुगेको प्रसंगलाई भिडियोमा रोचक तरिकाले प्रस्तुत गरिएको छ । यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् ।
म्युजिक भिडियोमा मोडलद्धय सागर लम्साल (बले) र सिम्पल खरेललाई फिचर्ड छन् । विकास धमलाको सम्पादन रहेको यो भिडियोमा वुद्ध थापाको छायांकन छ ।
अस्ट्रेलियामा बसोबास गर्दै आएका गायक तथा गीतकार निरौलाले यसअघि ‘हुन्न नभन’, ‘अन्तै मबाट’ बोलको म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन् ।
साहित्य लेखन र वाचनमा रुचि राख्ने निरौलाको नयाँ भिडियो ‘अभिरन इन्टरटेन्मेन्ट’को युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।


