काठमाडौं । प्रेमिल शैलीको ‘तिम्रै हुनेछु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा भोइस अफ नेपाल सिजन ४ प्रतियोगी गायक मिङसोहाङ लिम्बुको सुमधुर स्वर सुन्न सकिन्छ ।
गायक लिम्बुको यो पहिलो गीत हो । यस गीतमा गायिका ममता गुरुङको समेत स्वर सुन्न सकिन्छ । यस गीतलाई चर्चित गीतकार डिपी खनालले लेखेका हुन् भने लोकप्रिय संगीतकार शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेका हुन् ।
विश्व अधिकारीको संगीत संयोजन रहेको यो म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र बिमला लिम्बु बिचको प्रेम कथालाई प्रस्तुत गरिएको छ ।
बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन् । दीपक तुम्बापो निर्माता रहेको यस भिडियोलाई केशव राज भाटको निर्देशनमा तयार पारिएको हो ।
भिडियो ‘डी मिङसो म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।


