काठमाडौं । रोनित खालिङ राई र तेन्जिन डोल्मा बज्राचार्य अभिनित ‘दृष्टि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यस गीतमा गायक रोनित खालिङ राईको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई गायक राई, पेम्बा र आकाशले मिलेर लेखेका हुन् । पेम्बा र आकाशले सयुक्त रुपमा संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा एउटा युवाले अनाथालयलाई सहयोग गर्नको लागि गरेको प्रयास र यात्रालाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । ग्रे म्याटर फिल्म्सको प्रस्तुति रहेको यस भिडियोलाई विकास रंजितकारको छायाँकन र सम्पादन गरेका हुन् ।
भिडियोलाई दिवेज शाहको निर्देशनमा तयार पारिएको हो । भिडियो गायक राईको युट्युव च्यानल ुरोनित खालिङ राई अफिसिएलु मार्फत सार्वजनिक भएको हो ।




















