गोरखा । उत्तरी गोरखामा हिजो सम्पन्न प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको मतपेटीका हेली मार्फत समदरमुकाम ल्याइने भएको छ । सडक सञ्जालले नछोएको चुमनुब्री गाउँपालिकाका सबै मतपेटीका सोमबार साँझसम्म नेपाली सेनाको हेली मार्फत सदरमुकामा ल्याउने तयारी भएको हो ।
चीनको स्वशासित क्षेत्र तिब्बत सँग सिमा जोडिएको उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाको २२ वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टर मार्फत आज ल्याउन तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए ।
सदरमुकामबाट ५२ कोष उत्तरमा रहेको उक्त क्षेत्रका मतपेटीका यस अघि पनि सेनाको हेली मार्फत नै सदरमुकाम ल्याउने गरिन्थ्यो ।
मतपेटिका ढुवानीका लागी जिल्ला निर्वाचन व्यवस्थापन समितिले गृह मन्त्रालय र निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।




















