×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दसैंको खानपान र ग्यास्ट्राइटिस

  •  गोरखा समाचार
  • आइतबार, असोज १६, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डा रविन शर्मा

    दसैं तथा तिहारजस्ता चाडबाडमा नेपालीको भान्सामा चिल्लो र मसलायुक्त खानेकुरा बढी पाक्छ। दसैंमा त मासुका परिकार धेरै नै खाने चलन छ। चाडबाडको समयमा स्वास्थ्यलाई प्रत्यक्ष असर गर्ने धूमपान र मदिराको सेवन समेत बढ्छ।

    अत्यधिक चिल्लो र मसालेदार खानपानले मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। बढी चिल्लो, तारेको, अमिलो, पिरो, नुनिलो तथा मसालेदार खानाको अत्यधिक सेवनले पेटमा पनि गडबढी हुनसक्छ। विशेषगरी पेटको समस्या धेरैमा देखिने भनेको ग्यास्ट्राइटिस नै हो।

    खानाको समय नमिल्दा, चिल्लो र मसालेदार खाना, धूमपान तथा मद्यपानको अत्यधिक सेवनले ग्यास्ट्राइटिस गराउँछ।

    पेटमा भएको एसिड माथि आउने क्रमलाई ग्यास्ट्रो इसोफ्याजियल रिफ्लेक्स डिजिज (जिइआरडी) भनिन्छ। सामान्यतया पेटमा सबैलाई केही न केही समस्या आइनै रहेको हुन्छ। माथिल्लो पेट दुख्नु, खाना खाएपछि पेट ढुस्स हुनु, अमिलो डकार आउनु, अमन हुनु, अपच हुनु लगायत पेटका समस्या हुन्।

    पेटमा भएको एसिड तथा खाएको खानेकुरा अलिकति मात्र माथि आउँदा खाने नलीको भित्री छालामा चोट पुग्छ। जसले गर्दा छाती पोल्ने, मुटु पोल्ने, अमिलो पानी र डकार आउने हुन्छ। जिइआरडीको समस्यालाई पनि ग्यास्ट्राइटिस भएको ठानेर आफूखुसी औषधि खाँदा सानो आन्द्रामा घाउ हुन सक्छ। कतिपयमा लामो समयसम्म पनि यस्ता समस्याले सताउँछ। र, ती पछि गएर पेटका दीर्घ रोगी नै भएर जान्छन्।

    त्यस्तै छाती पोल्ने, धेरै डकार आउने, दाँतको समस्या हुने, स्वरमा परिवर्तन आउने रिफ्लेक्स डिजिज हो जुन एसिडको कारणले हुन्छ। पेटबाट खानाको पाइपमा उल्टो दिशामा एसिड गएर त्यसले खानाको पाइप डयामेज गर्ने, तथा घाँटी, दाँत लगायत अरु अङ्गहरुमा असर गर्छ। एसिडको अर्को रुप हो– एउटा ग्यास्टिक अर्को रिफ्लेक्ट डिजिज।

    पेटको समस्या बढ्नुको मुख्य कारण भनेको नै खानाको गडबढी, खानामा बढी चिल्लो, पिरो तथा अमिलो पदार्थको सेवन हो। त्यस्तै विभिन्न किसिमका पेय पदार्थको सेवन धूमपान, कामको चापले गर्दा उत्पन्न हुने तनाव, एन्जाइटिक जस्ता कारणले गर्दा ग्यास्ट्रिक एसिड बढेर ग्यास्ट्राइटिसका लक्षणहरु देखा पर्छन्।

    यसका साथै पानीबाट सर्ने ब्याक्टेरिया हेलिकोब्याक्टर पाइलोरीले पनि पेटमा विभिन्न समस्या निम्त्याउन सक्छ। ग्यास्ट्राइटिस हुने र त्यसबाट अल्सर समेत हुने गर्छ। सरसफाइ नभएको ठाउँमा यस्ता किसिमका ब्याक्टेरियाले आक्रमण गर्छ। यसको मुख्य स्रोत अशुद्ध पानी नै हो।

    चाडपर्वमा जथभावी खानपिन गर्दा कलेजोको रोग बल्झिने सम्भावना पनि हुन्छ। विशेषगरी मदिरा सेवन धेरै गर्दा कलेजोको समस्या बढ्छ। त्यसकारण मदिरा सेवन नगर्नु नै उत्तम हुन्छ।

    चाडपर्वमा कम चिल्लो हालेको, कम तारेको खानेकुरा बनाउनु पर्छ। यसका साथै अमिलो, पिरो स्वास्थ्यको ख्याल गरेर ठिक्क मात्रामा खानु पर्छ।

    आफ्नो खानाको व्यवहारमा नियन्त्रण गर्‍यो भने ग्यास्ट्राइटिस बल्झिने सम्भावना कम रहन्छ। यसरी ध्यान दिँदा पनि पेटको समस्या समाधान भएन भने चिकित्सककहाँ जान आवश्यक हुन्छ।

    (डा शर्मा पेट तथा कलेजो रोग विशेषज्ञ हुन्।)

    swasthyakhabar

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, असोज १६, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.