काठमाण्डौं । ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत ‘केशरी केशरी’ सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज रहेको छ ।
गितमा शब्द विश्व गौडेलको र संगित बिष्णु भट्टकै रहेको छ । ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र सृष्टी खड्काको अभिनय देख्न सकिन्छ ।
ठट्यौली प्रेमिल गीतको भिडियोलाई ऋषिराज आचार्यले निर्देशन तथा महेश्वर आचार्य, रितु आचार्य र राजेन्द्र खातीले सह–निर्देशन गरेका छ्न ।
भिडियोले अहिलेको वास्तविक समयलाई चित्रण गरेको छ । भिडियोमा मोहनकुमारको छयांकन, अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ ।
गीतलाई मिक्सिङ र मास्टरिङ र एरेन्ज श्यामश्वेत रसाइलीले गरेका हुन भने पृज्मा स्टुडियोमा रेकर्ड गरिएको हो ।




















