काठमाण्डौं । ‘कुरी कुरी माकुरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बाबुल गिरी र एलिना चौहानको स्वर रहेको ‘कुरी कुरी माकुरी’ गीत फरक स्वादमा दर्शकमाझ आएको हो ।
गीतमा लक्ष्मण पौडेलको शब्द, संगीत रहेको छ । भने गायक बाबुल गिरीकै एरेन्ज रहेको छ । गायक गिरीका यस अघि हारले निखार ल्याउँछ मेरो जिन्दगी, नाचन बाटुली, नेपाल गए कपल संगै, च्वाक मिलाइदेउ, मायाले संसार चल्दैन पैसा नभए लगाएत थुपरै गीतहरु सार्ववनिक भै सकेका छन् ।
यो गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा किरण केसी, रेजिना उप्रेती, सुधीर श्रेष्ठ, रुबी पौडेलको अभिनय रहको छ ।
मोडल रुबी पौडेलले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो । जसमा उनले चर्चित कलाकारसँग स्क्रीन सेयर गर्न पाएकी छिन् ।
गीत बाराही म्युजिक एन्ड इन्टरटेनमेन्ट इन्कले निर्माण गरेको हो । भिडियोमा माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी रहेको छ । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन तथा कलरिङ गरेका छन् ।


