×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

के हो डेंगु, कसरी बच्ने ?

  •  गोरखा समाचार
  • बुधबार, असोज ०५, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रञ्जना थापा

    डेंगु एडिज प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक रोग हो। यो रोग डेंगु नामक आरएनए भाइरसको कारणले हुने गर्दछ । यो रोग एडिज लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।

    डेंगु भाइरसका प्रजाति के-के छन् ?

    डेंगु भाइरस आर्बो भाइरस ग्रुप अन्तरगत पर्ने एक प्रमुख आरएनए भाइरस हो । अहिले सम्ममा यो भाइरसको DEN-1, DEN-2, DEN-3, DEN-4, र DEN-5 गरी पाँच वटा सेरोटाइप पत्ता लागेको छ ।

    कसरी सर्छ डेंगु ?

    यो रोग मुख्यतया दिउँसोको समयमा एडिज एजिप्टी नामक पोथी लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । यो प्रजातिको लामखुट्टेले आफ्नो आहारा पूरा गर्नको लागि एक भन्दा बढी व्यक्तिको रगत चुस्ने भएकाले डेंगु रोग फैलाउनमा यो प्रजातिको लामखुट्टेको धेरै भूमिका रहेको हुन्छ । साथै केही मात्रामा एडिज एल्वोपिक्टस नामको अर्को लामखुट्टेको टोकाइबाट पनि डेंगु सर्ने गर्दैछ । तर यो लामखुट्टेले आफ्नो आहारा एउटै व्यक्तिको रगतबाट पूरा गर्ने भएकाले यसको प्रभावकारिता एजिप्टिको भन्दा कम हुन्छ ।

    डेंगु सार्ने लामखुट्टे कस्तो ठाउँमा पाइन्छ ?

    मुख्यतया वर्षायामको समयमा घर वरपरका खाल्डाखुल्डी, छत, गमला, कुलर, टाएर आदिमा जमेको पानी तथा सञ्चित गरेर राखेको पानीमा एडिज लामखुट्टे बस्ने गारेको पाइन्छ। यस्ता ठाँउहरुमा लार्भा उत्पादन गरी आफ्नो सङ्ख्यामा वृद्धि गराउँदछ । तसर्थ हामीले डेंगु रोग फैलन नदिन र यसको नियन्त्रणका लागि उक्त पानी जम्ने ठाउँहरु राम्रोसँग सफा गर्ने र सञ्चित गरेर राखिएको पानीलाई छोपेर राख्नुपर्छ ।

    डेंगु रोग लागेमा के हुन्छ ?

    डेंगु भाइरस संक्रमित एडिज लामखुट्टेले टोकेको ३-१४ दिन भित्रमा हाम्रो शरिरमा डेंगुको भाइरसहरु फैलन थाल्दछ र बिस्तारै यसका लक्षणहरू देखा पर्दछ। डेंगु रोगको मुख्य तीन चरण अनुसार लक्षणहरु देखिन्छ ।

    फेब्राइल फेज

    सामन्यतया लामखुट्टेले टोकेको ४-१० दिनपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको वरिपरि दुख्ने, हड्डी, जोर्नी तथा मांसपेशीको दुखाई, वाकवाकी लाग्ने, वान्ता हुने, खाना मन नलाग्ने, कमजोरीपन महसुस हुने, शरीरमा बिमिरा तथा रातो धब्बाहरु देखिने हुन्छ । यदि सुरुवाती फेजमा नै अस्पताल गई उपचार गरेमा बिरामीमा जटिल समस्या देखिदैन ।

    क्रिटिकल फेज

    यो फेजमा बिरामीको रगतमा मुख्यतया प्लेटिलेट्सको सङ्ख्यामा कमी साथै राता रक्तकोशिका, सेतो रक्तकोशिका, हेमोग्लोविनको मात्रा पनि घट्दछ । प्लेटिलेट्सको सङ्ख्या ५०,००० भन्दा कम हुने भएका बिरामीमा ब्लिडिङको समस्या जस्तैः नाक तथा मुख/गिजा तथा छालाबाट रगत आउने, दिसामा रगत देखिने जस्ता लक्षणहरु देखिन्छ । साथै रगतमा भएको प्लाज्मा(फ्लुइड) रक्तनलीबाट निस्किएर फोक्सो, पेट तथा अन्य अङ्ग हरुमा गएर जम्न सक्छ जसको फलस्वरुप ब्लड प्रेसर घट्ने, हातखुट्टा चिसो हुने र शरिरको विभिन्न भागमा रगतको मात्रा कम भई अर्गान डिस्फङ्सन हुन सक्छ र समयमा नै उपचार नभएमा बिरामी अचेत समेत हुन सक्छ। तर्सथ शरीरमा पानिको मात्रा कम हुन नदिन प्रशस्त मात्रामा सफा पानी पिउनुपर्छ ।

    रिकोभरी फेज

    यो फेजमा बिरामीमा इमुनिटी डेभलप हुँदै जान्छ र बिरामी बिस्तारै निको हुँदै जान्छ । बिरामीको शरीरमा बिबिरा देखिने, चिलाउने, कमजोरी महसुस हुने जस्ता लक्षणहरु देखिन्छ ।

    ल्याबोरेटोरी डाइगनोसीस

    डेंगु रोगको कुनै औषधि नभएकोले बिरामीमा देखिएको लक्षण र ल्याब रिर्पोटको आधारमा सर्पोटिभ ट्रिटमेन्ट दिइन्छ। तर्सथ डेंगु रोगको लक्षण देखिएमा तुरुन्त अस्पताल गई डाक्टरको सल्लाह अनुसार डेंगुको ल्याब जाँच गर्नुपर्छ। डेंगु ल्याब टेस्ट अन्तरगत डेंगु हो होइन भन्न का लागि डेंगु एन्टिजेन(NS1), एन्टिबडि(IgM,IgG) टेस्ट साथै ब्लड सेल काउन्ट(CBC) टेस्ट गरिन्छ । डेंगु भाइरसको लागि पीसीआर र भाइरल आइसोलेसन पनि गर्न सकिन्छ ।

    डेंगु रोगबाट बच्न के गर्नुपर्छ ?

    घर वरपर वर्षायामको पानीलाई जम्न नदिने, पानी जमेको पानीमा किटनाशक औषधि तथा क्यारोसिन छर्ने, पानी जम्ने खाल्डा पुर्ने, तथा लामखुट्टे नियन्त्रणका अन्य उपायहरु अपनाउने ।

    (थापा महाराजगञ्ज चिकित्सा क्याम्पसमा बीएस्सी एमएलटी चाैथो वर्षमा अध्ययनरत छिन्।)

    स्वास्थ्य खबरबाट

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, असोज ०५, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.