गोरखा । गोरखा नगरपालिकामा बसोबास गर्ने किसानहरुले अबदेखी ५ करोडसम्मको सहुलियत ऋण पाउने भएका छन् । गोरखा नगरपालिका र राष्ट्रिय बाणिज्य बैंक बिच आज किसानलाई सहुलियत ऋण उपलब्ध गराउने सहमती भएको हो ।
राष्ट्रिय बाणिज्य बैंकको केन्द्रिय कार्यालय काठमाण्डौंमा बुधबार गोरखा नगरपालिकाका प्रमुख कृण्णबहादुर रानामगर र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ बिच नगर क्षेत्र भित्रका किसानलाई ब्यवसायीक बनाउन ५ लाखदेखी ५ करोडसम्मको सहुलियत ऋण उपलब्ध गराउने बारेमा सहमती पत्रका हस्ताक्षर भएको नगर प्रमुख कृण्णबहादुर रानामगरले जानकारी दिए । ‘हामीले स्थानीय चुनाबमा जादा जनतासमक्ष कृषिमा ब्यबसायिकरण र कृषकलाई ब्याज अनुदानको प्रतिबद्धता जाहेर गरेका थियौ’ भन्दै प्रमुख रानाले ‘सोअनुरुप नै निति तथा कार्यक्रममा उक्त प्रतिबद्धतालाई समाबेश गरी आज राष्ट्रिय बाडिज्य बैंकसङ्ग सहुलियत कर्जाको लागी ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यबिधीको समझदारी पत्रमा हस्ताक्षर भएको’ बताए ।
सहमती पछी सामुहिक तस्बिर लिदै
समझदारी मार्फत अब किसानलाई व्यावसायिक ॠण सहुलियत ब्याजदरमा प्रदान हुने छ । जसबाट गोरखा नगरपालिका भित्रका किसानलाई व्यावसायिक बन्न छुट्टै उत्प्रेरणा प्रदान हुने प्रमुख रानामगरले बिश्वास ब्यक्त गरे ।
प्मुख रानामगरले मेयरको कुर्सीमा रहदासम्म किसानका साथमा रहने भन्दै नगरपालिकालाई समुन्नत बनाउने कुरामा आफु सदैव दृढ रहने बताए ।
सहुलियत ऋण पाएका कृषकका लागि आवश्यक पर्ने पुर्वाधाहरु बाटो, सिंचाई, मल, बीउ, ढुवानी, बजार ब्यवस्थापन, भण्डार गृह निर्माण र प्राविधिक ज्ञान भने गोरखा नगरपालिका आफैले ब्यवस्था गर्ने सहमती पत्रमा उल्लेख गरीएको छ ।
साथै आजे जिल्लाको भीमसेन थापा गाउँपालिका संग पनि सोही प्रकृतिको सहमती भएको पनि पालिका अध्यक्ष लोकप्रसाद बञ्जाराले जानकारी दिए ।
तस्बिर ज्याक अर्याल





















