गोरखा । मनकामनामा रहेको पशुपंक्षी सरसफाई केन्द्रमा अनलाइन प्रणाली मार्फत रकम भूक्तानी सुरु गरिएको छ । शहिद लखन थापा गाउँपालिका–३ मा रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा पशु तथा पंक्षी बली दिएर सरसफाई गर्न लाने केन्द्रमा अनलाइन प्रणाली मार्फत रकम भूक्तानी प्रकृया सुरु भएको हो ।
गाउँपालिकाले केन्द्रमा हुने आम्दानीलाई पारदर्शी बनाउनको लागि मंगलबारदेखि अनलाइन प्रणली मार्फत रकम भूक्तानी सुरु गरेको गाउँपालिकाले जनाएको छ ।
मन्दिरमा आउने भत्तजनहरुको पशु तथा पंक्षी सफाई गरे बापत तिनुपर्ने शुल्कलाई अनलाइन मार्फत भूक्तानी गर्ने कार्यको थालनी गरिएको हो । प्रणाली मार्फत के कति रकम संकलन भयो भन्ने कुरा सजिलै थाहा पाउने भएकाले अनलाईन मार्फत भूक्तानी प्रणली सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रमेशबावु थापामगरको बताए ।
केन्द्रले मन्दिरमा बली दिएको बोका सफा गरे बापत सेवाग्राहीबाट रुपैया ४५० लिने गरेको छ । सोही रकमबाट केन्द्रमा कार्यरत कर्मचारीहरुलाई प्रति बोका २५० रुपैया भूक्तानी दिने र बाँकी रकम गाउँपालिकाको राजस्व खातामा जम्मा हुने छ ।
केन्द्रले यस अघि टिकट काटेर पशुपंक्षी सफाई गर्दै आएको थियो ।


