गोरखा । गोरखा नगरपालिका र बेलायतको रश्मोर बरो काउन्सिल बिच विभिन्न क्षेत्रमा सहकार्य गर्ने सहमती भएको छ । दुवै नगरपालिका बिच आज भएको सहमती अनुसार स्वास्थ्य, शिक्षा र समुदायको बिकासमा सहकार्य गर्ने सहमती भएको हो ।
सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा सहमती पत्र घोषणा गर्दै गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर र रश्मोर बरो काउन्सिलका डेपुटी लिडर मरिस सिहानले संयुत्त हस्ताक्षर गरेका थिए ।
भगिनी सम्बन्ध कायम भएको २ बर्ष पछि गोरखा नगरपालिकाको ५ दिने भ्रमणका क्रममा गोरखा आएका रश्मोर बरो काउन्सिल प्रतिनिधि मण्डल र गोरखा नगरपालिका बिच सोमबार ३ बुदे सहमती पत्रमा स्वास्थ्य, शिक्षा र समुदायको बिकासको लागि सहकार्य गर्ने निर्णय भएको गोरखा नगरपालिकाले जनाएको छ ।
सम्झौता पत्रमा स्वास्थ्य क्षेत्रको बिकास लागि प्रबिधी तथा अनुभव आदानप्रदान गरी एकअर्का बिच सहयोग र समन्वय गर्ने, दुईसंस्था बिच शिक्षण सिकाईका अनुभव आदान गरी शैक्षिक क्षेत्रको बिकासमा भूमिका खेल्ने उल्लेख गरिएको छ ।
गोरखा भ्रमणको उद्वेश्य पुरा भएको र आफुहरुलाई उत्साहीत भएको भन्दै यहाँबाट हामीहरुले कला, परम्परा र संस्कृतीका कुरा सिक्ने अवशर प्राप्त गरेको रश्मोर बरो काउन्सिलका काउन्सिलर जिब बेल्बासेले पत्रकार सम्मेलनमा बताए ।
‘भ्रमणले दुई संस्था बिचको सम्बन्ध मजबुत बनाएको भन्दै हामी रश्मोर बरोबाट बिकासका कुरा सिक्ने र उनीहरुलाई हाम्रो कला, सस्कृती र पराम्परा सिकाउने गोरखा नगरपालिका प्रमुख कृण्णबहादुर रानामगरले बताए ।
भ्रमणको नेतृत्व गरेका रश्मोर बरोका डेपुटी काउन्सिल लिडर मरिस सिहानका साथमा उनी छोरी इज्जी सिहान, काउन्सिलर जीव बेल्वासे, उनका पत्नी अमृता बेल्वासे र डेमोक्रेसी एन्ड पार्टनरसीप प्रमुख एन्ड्र क्लोभर सहभागी भएका थिए ।
टोलीले गोरखा बस्दा गोरखा स्रग्रालय, गोरखा दरर्बारको अवलोकन भ्रमण गरेका थिए भने भीमसेन थापाका बारेमा जानकारी लिएका थिए । त्यसै गरी गोरखा नगरपालिकाले उक्त टोलीलाई चितवनको सौराह भ्रमण गराएर त्यहाँ हरेको थारु संस्कृतीका बारेमा र एक सिंगे गैडाको अबलोकन गरेको थियो ।
रश्मोर बरो काउन्सिलले गोरखा नगरपालिकासंग सन् २०२० मा भगिनीसम्बन्ध कायम गरेको थियो ।




