गोरखा । नेपाल कम्युनिष्ट (माओबादी केन्द्र) गोरखाको संयोजकमा बिष्णु भट्ट चयन भएका छन् । पार्टीको गण्डकी प्रदेश समितिको पाँचौ पूर्ण बैठकले भट्टलाई आइतबार जिल्ला संयोजकमा चयन गरेको हो ।
बैठकले गोरखा जिल्ला समन्वय समितिको सचिवमा दिपक तिमिल्सिना (साकार) नाम प्रस्ताव गरिएको छ । तिमिल्सिनाको हकमा जिल्ला समन्वय समितिको बैठकबाट अनुमोदन गरिने छ ।
त्यस्तै गरी, बैठकले गोरखा क्षेत्र नम्बर १ को इन्चार्जमा अमर तुम र प्रदेशसभा अन्तरर्गत क्षेत्र १ (क) को इन्चार्जमा लेखबहादुर थापा, १ (ख) को इन्चार्जमा सुशिला सिंखडालाई चयन गरिएको छ । भने क्षेत्र नम्बर २ को इन्चार्जमा परशुराम रम्तेल, प्रदेशसभा २ को (क) मा कमला नहर्की, सह–इन्चार्जमा पम्फा बसेल र २ (ख) मा दिपक देवकोटा र सह–इन्चार्जमा भगवती तिवारीलाई चयन गरिएको केन्द्रीय सदस्य लेखबहादुर थापाले जानकारी दिए ।
बैठकले गोरखा नगरपालिकाको इञ्चार्जमा धना तमु, पालुङ्टार नगरपालिकाको इञ्चार्जमा विवश चिन्तन, गण्डकी गाउँपालिकाको इञ्चार्जमा दिपक तिमिल्सिना, सहिद लखन गाउँपालिकाको इञ्चार्जमा कृष्णबहादुर चेपाङ र भिमसेन थापा गाउँपालिकाको इञ्चार्जमा लोकप्रसाद बञ्जारालाई चयन गरेको छ ।
त्यस्तै, सिरानचोक गाउँपालिकाको इन्चार्जमा पूर्णकुमारी कँडेल, आरुघाट गाउँपालिकामा श्यामकुमार श्रेष्ठ, धार्चे गाउँपालिकामा छमबहादुर गुरुङ, चुमनुब्री गाउँपालिकामा निमा लामा, बारपाक सुलिकोटमा धामी बराम र अजिरकोट गाउँपालिकामा अनिता भुजेललाई चयन गरिएको संयोजक भट्टले जानकारी दिए । ।


