गोरखा । गण्डकी गाउँपालिका–६ को भैरवीटारमा निर्माण भइरहेको भैरवी मन्दिरको काम अन्तिम चरणमा पुगेको छ । मन्दिरको काम ९० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीले जनाएको हो ।
२०७८ जेठ २३ गते सम्झौता भएर निर्माण थालिएको मन्दिरको काम करि करिब अन्तिम चरणमा पुगेको सासा कन्स्ट्रक्सन प्रालिले जनाएको छ । सासाले ७४ लाख ६० हजार ८८३ रुपैया ४५ पैसामा उक्त ठेक्का सकारेको हो ।
मन्दिरको झ्याल, ढोका, टाइल लगाउने काम र रङ्ग रोगनको काम मात्र बाँकी रहेको सव–इन्जिनियर शेखरबाबु श्रेष्ठले जानकारी दिए ।
साथै अहिले प्रतिक्षालय, महिला र पुरुषका छुट्टा छुट्टै सौचालकाय निर्माण तथा पानीको व्यवस्थापनको काम भइरहेको छ ।
मन्दिरमा हरेक बर्षको बैशाख पुर्णिमामा ठुलो पुजा लाग्ने गर्दछ । उक्त दिन पशु बलि पनि हुने गर्दछ ।
धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास हुदै गएको मन्दिर वरपर फुटवल मैदान र बनभोज स्थलको पनि निर्माण भइरहेको छ ।


