गोरखा । दरौँदी गोरखा बृहत लिफ्टिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले परीक्षणको रुपमा खानेपानी बितरण सुरु गरेको छ । २०७३ सालदेखि निर्माण सुरु भएको आयोजनाले गोरखा नगरपालिका क्षेत्रका बिभिन्न ७ वटा संस्थाहरु मार्फत खानेपानी परीक्षणको रुपमा बितरण सुरु गरेको हो ।
संस्थाले गोरखा सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरी खानेपानी बितरणको काम सुरु गरेको जानाकारी दिदै पूर्ण रुपमा सञ्चालनमा आउन अझै १ बर्ष लाग्ने संस्थाका अध्यक्ष बिनोद अर्यालले बताए ।
ठेकेदार कम्पनीबाट आयोजना हस्तान्तरणको काम बाँकी रहेकाले पूर्ण रुपमा खानेपानी बितरण हुन अझै १ लाग्ने समितिले अनुमान गरेको हो ।
आयोजनाले अहिले साना शहरी, कर्णे खोला, तिनचाँपे, जुगेपानी, आहाले पोखराथोक, तिनधारे र थाकल डाडाँ खानेपानी तथा सरसफाई उपभोत्ता समिति मार्फत जडान गरिएका धाराहरुमा परीक्षणका रुपमा खानेपानी बितरण सुरु गरेको हो ।
आयोजनाले समितिलाई र समितिले उपभोत्तालाई पानी दिन थालेको हो । आयोजनाले समिति मार्फत उपलब्ध गराएको पानी सदरमुकाम भित्रका करिब २ हजार १०० घरधुरीले प्रयोग गर्दै आएको छ ।
ठेकेदार कम्पनी चुदी रमन जेभीले अबको ८ महिना भित्र आयोजना हस्तान्तरण गर्ने लक्ष्य राखेको छ । आयोजनाबाट बितरण गरिने खानेपानी करिब ९८ प्रतिसत शुद्ध हुने अध्यक्ष अर्यालको जानकारी दिए ।
गोेरखा नगरपालिका वडा नम्बर ३ को दरौदी नदीको पानी पानीलाई घलाङमा झारीएको छ । सोही स्थानमा स्लो साइन फिल्टर जडान गरेर समितिलाई पानी दिने गरीएको पनि पत्रकार सम्मेलनमा अध्यक्ष अर्यालले जानकारी दिए ।
गोरखा सदरमुकामको लागि दैनिक १८ लाख लिटर पानीको आबश्यकता पर्ने एक सर्वेक्षण देखिएको छ । आयोजना पूर्ण रुपमा सञ्चालनमा आए संगै दैनिक २० लाख लिटर पानी बितरण गर्न सक्षम हुने पनि दरौदी लिफ्टीङ खानेपानी आयोजनले जनाएको छ ।
आयोजना विभिन्न स्थानमा २१ वटा पानी ट्याङ निर्माण गरेको ५ । करिब ४२ करोड रुपैयाको लागतमा निर्माण भइरहेको उक्त आयोजना २०७८ फागुन भित्रै निर्माण सम्पन्न भईसक्नु पर्ने भएपनि कोरोना महामारीका कारण ढिलाइ भएको ठेकेदार कम्पनीले जनाएको छ ।


