गोरखा । जिल्ला रहेको २ रोटरी रोट्रयाक्ट बिच आज मैत्रिपूर्ण फुटबल खेल सम्पन्न भएको छ । ‘स्वास्थ्यको लागि खेल’ अन्तरर्गत रोटरी क्लब अफ गोरखा र रोटरी क्लब अफ बज्रमनास्लु तथा रोट्रयाक्ट क्बल अफ गोरखा र रोट्रयाक्ट क्लब अफ बज्रमनास्लु बिच मैत्रिपूर्ण फुटबल खेल सम्पन्न भएको हो ।
गोरखा नगरपालिका ९ को लक्ष्मि बजार क्षेत्रमा रहेको कृत्रिम घाँसे मैदान (फुटसल) मा दुवै क्बल बिच खेल सम्पन्न भएको रोटरी क्लब अफ गोरखाका सचिव अन्जनबावु खत्रीले जानकारी दिए ।
पहिलो खेल अन्तरर्गत रोटरी क्लब अफ गोरखा र रोटरी क्लब अफ बज्रनास्लु बिच भएको खेलमा गोरखाले ७ र बज्रमनास्लुले २ गोल गरेको थियो ।
त्यस्तै गरी, दोस्रो खेलमा रोट्रयाक्ट क्लब अफ गोरखा र रोट्रयाक्ट क्बल अफ बज्रमनास्लु बिच भएको खेलमा गोरखाले १० गोल गरेको थियो भने बज्रमनास्लुले ७ गोल गरेको थियो ।
दुवै क्लब बिच यो नै पहिलो खेल भएको हो ।




















