गोरखा । नेपाली काग्रेस गोरखाका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले गोरखा क्षेत्र नम्बर २ मा सधै डा.बाबुराम भट्टराईलाई भोट हाल्नुपर्छ भन्ने नभएको बताका छन् ।
काग्रेस पार्टी कार्यायलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति न्यौपानेले ‘जनताको साथमा नेपाली काग्रेस’ अभियानको बारेमा जानकारी दिदै अबको चुनावमा डा.भट्टराईलाई २ नम्बर निर्वाचन क्षेत्रमा कुनै हालतमा सहयोग गर्न नसक्ने भन्दै काँग्रेसका नेता तथा कार्यकताले भट्टराई भोट हाल्नुपर्छ भन्ने नभएको बताका हुन् ।
सभापति न्यौपानेले गोरखा क्षेत्र नम्बर २ मा यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा काग्रेसका कोहीपनि कार्यकर्ताले नेपाल समाजबादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.भट्टराईलार्ई भोट हाल्ने पक्षमा नरहेको दावी गरे । ‘भट्टराईको मत अहिले पहिला जति पनि छैन, पहिले ल्याएको मत पनि अहिले घटेको छ, उनले भने ‘जितेर गएपछि उहाँले मतको कदर गर्न सक्नु भएन ।’
सभापति न्यौपानले २ निर्वाचन क्षेत्र मध्ये काग्रेस र माओबादीलाई बराबरी हुनुपर्ने आफुहरुको दावी रहेको बताए । ‘नेपाली काग्रेसलाई २ मध्य जुन क्षेत्र भए नि हुन्छ तर बराबरी हुनुपर्छ काग्रेस गोरखाको आधिकारिक धारणा र निर्णय यही हो, सभापति न्यौपानेले भने, केही साथीहरुले क्षेत्र नम्बर २ नै चाहिन्छ पनि भन्नुभएको छ, तर यो वा त्यो क्षेत्र होइन दुईमध्ये जुन जुन भएपनि बराबरी चाहिन्छ ।’
पत्रकारुको जिज्ञासामा सभापति न्यौपानले जिल्लामा गठबन्धनमा रहेका अन्य दलले सिट खोज्न नसुहाउने समेत बताए ।
काग्रेस गोरखाले जिल्लाको ११ वटै पालिकामा ‘जनताको साथमा नेपाली काग्रेस’ अभियान सुरु गरेको
भन्दै अभियानमा समुदायमा जोडिएर जनताको बिचार सुन्ने र काग्रेसको नीति योजना तथा कार्यक्रमको बारेमा जानकारी गराउने पनि जानकारी दिए ।


