गोरखा । पालुङ्टारमा नगरपालिकाबाट १९९ पिन्ट रगत संकलन भएको छ । देशभर रगतको अभाव भएको भन्दै पालुङ्टार नगरपालिका र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा उक्त परिमाणमा रगत संकलन भएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाको प्राबिधिक सहयोग र समन्वयमा भएको रक्तदान कार्यक्रममा १९९ जनाले रक्तदान गरेको नगर प्रमुख विवश चिन्तनले जानकारी दिए ।
संकलित रगत मध्ये १८० पिन्ट चितवन र १९ पिन्ट गोरखा रक्त सञ्चार केन्द्रमा ल्याईएको नेपाल रेडक्रस सोसाइटी शाखा गोरखाका कार्यालयका प्रमुख सुवास घिमिरले जानकारी दिए ।



