गोरखा । गोरखा अस्पतालमा हिजोबाट डायलासिस सेवासुरु भएको छ । अस्पतालले २ दिनमा ३ जनाको् डायलासिस गरेको सुचना अधिकारी कृण्ण ढकालले जानकारी दिए ।
‘मंगलबारबाट सुरु भएको डायलासिस पहिलो दिन १ जनाको मात्र गरिएको थियो । ‘पहिलो दिनमा केही कमप्लिकेसन आउछ कि भनेर १ जनाको मात्र गरियो । आज भने हामीले २ जनाको डायलासिस गरेका छौ’ सूचना अधिकारी ढकालले बताए ।
मृगौला पिडितले हप्ताको २ पटक गनुपर्ने डायलासिस जिल्लामा नै सेवा पाउन थाले पछि बिरामीहरु खुशी भएका छन् । निजी अस्पतालमा जादा पटकै पिच्छे १० हजारदेखी २५ हजारसम्म तिनुपर्ने अवस्थाबाट बिरामीले मुक्ति पाएको अस्पताल प्रशासनले जनाएको छ ।
बिरामीलाई बढी भन्दा बढी सेवा दिन सक्ने गरी अस्पतालले ५ वटा मेशिन एकै पटक सञ्चालनमा ल्याएको सूचना अधिकारी कृण्ण ढकालले बताए । डायलासिसको लागि सोमबारदेखी नामदर्ता गराउन थालिएको र बुधबारसम्म दर्जन बढी मानिसले आफ्नो दर्ता गराई सकेका छन् ।
साता दिन अगाडी मात्रै गोरखा रेडक्रसले रक्त संञ्चार केन्द्र सञ्चालनमा ल्याए लगत्तै गोरखा अस्पतालले डायलासिस सेवा सुरु गर्न थालेको हो । जिल्लामा डायलासिस सेवा सुरु गर्ने गोरखा अस्पताल नै पहिलो भएको हो ।


