सन्दर्भ तस्बिर
गोरखा । गोरखा बोर्लाङका १ जना युवक गठी आरोपमा राजधानीबाट पक्राउ परेका छन् । प्रहरीले गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका बोर्लाङ घरभएका महेश भट्टलाई पक्राउ गरेको जनाएको छ ।
भट्ट संगै प्रहरीले नुवाकोट सुर्यगढी गाउँपालिका घर भएका अरुण गुरुङलाइ पनि पक्राउ गरेको जनाएको छ ।
राजधानीको कीर्तिपुरमा परेको ज्यान सम्वन्धी मुद्वा मिलाइदिने भन्दै भट्ट र गुरुङले सुरेश मर्हजन नाम गरेका ब्यत्ति संग १ लाख रुपैयाँ लिएको उजुरीको आधारमा जिल्ला प्रहरी परिषर काठमाण्डौंले पक्राउ गरेको हो ।
प्रहरी उपरिक्षक दिनेशराज मैनालीका अनुसार दुवै जनाले सवारी ज्यान मुद्वा मिलाई दिने बहानामा ३ लाख रुपैयाँ लिनेदिने सहमती भए बमोजिम १ लाख रुपैयाँ लिएको अनुसन्धान बाट खुल्न आएको छ ।
३७ बर्षिय भट्ट र ५६ बर्षिय गुरुङलाई ठगी शिर्षकमा मुद्वा दर्ता गरी आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।




















