गोरखा । गोरखामा क्रियाशिल पत्रकार किरण लोहनी ब्रोडकास्टिङ एसोशिएसन अफ नेपाल (बान) को केन्द्रिय सदस्यमा चयन भएका छन् । राजधानीमाको होटल एल्लो पगोडामा भएको बानको राष्ट्रिय भेलाले लोहनीलाई केन्द्रिय सदस्यमा चयन गरेको हो ।
नुवाकोट घर भएर करिब २ दशकदेखी गोरखा जिल्लामा क्रियाशिल पत्रकार लोहनी हाल च्वाईस एफएममा संलग्न छन् । पत्रकार लोहनी स्वतन्त्र रेडियोहरुको छात्रा संस्था बानका गण्डकी प्रदेश अध्यक्ष समेत भईसकेका छन् ।
भेलाले कुमार भट्टराईलाइ अध्यक्ष, उज्वल चौलागाईलाइ बरिष्ठ उपाध्यक्षमा चयन गरेको छ । त्यसका साथै उपाध्यक्षमा दुर्गा अधिकारी, गाबिन्दराज रोस्यारा र राजकुमार थापालाई चयन गरेका छन् ।
सोही भेलाले महासचिवमा नबिनबावु राई, उपमहासचिवमा नवराज खनाल, सचिवमा किरण पाण्डे, महिला सचिवमा रेवती पराजुली, कोषाध्यक्षमा हरी जोशी र सह कोषाध्यक्षमा विपिन ढुङ्कानालाई चयन गरेको छ ।
तस्बिर किरण लाेहनीकाे फेसबुक पेजबाट


