गोरखा । अखिल नेपाल यातायात मजदुर संघको गण्डकी प्रदेश समितिमा उपाध्यक्षमा गोरखाका कपिल सिर्मल निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न भएको दोस्रो प्रदेश स्तरीय भेलाले सिर्मललाई निर्वाचित गरेको हो । त्यस्तै गण्डकी प्रदेश समितिको सदस्यमा पनि गोरखाका कृष्ण परियार निर्वाचित भएका छन् ।


