गोरखा । पालुङटार नगरपालिकाको समिक्षा गोष्ठी आजदेखि सुरु भएको छ । आर्थिक बर्ष २०७८–०७९ बर्षमा भएका बिकास निर्माण योजना तथा बजेट कार्यान्वयनको अबस्था बारे गोष्ठीमा समिक्षा हुने छ ।
समिक्षा गोष्ठीमा नगरपालिकाका बिभिन्न शाखाले गरेका कामका बिषयमा बार्षिक प्रतिवेदन प्रस्तुत गरी छलफल सुरु भएको छ । सवै शाखाले पेश गरेको बार्षिक प्रतिवेदन माथि गम्भीर समिक्षा हुने नगरप्रमुख विवश चिन्तनले जानकारी दिए ।
कार्यक्रममा नप्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी सहित सबै शाखाका प्रमुख तथा कर्मचारीहरु, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको छ । समिक्षा गोष्ठी भोलीसम्म सञ्चालन हुने छ ।


