गोरखा । योङ कम्यूनिष्ट लिग (वाईसिएल) नेपालको केन्द्रीय कमिटिमा गोरखाका २ जना सचिव र ७ केन्द्रीय सदस्य परेका छन् ।
सचिवमा गोरखा नगरपालिका १० का सुदीप नगरकोटी र शहिल लखन गाउँपालिका बुंकोट निवासी प्रेम श्रेष्ठ चयन भएका हुन् ।
त्यस्तै केन्द्रीय सदस्यमा धिरज उपरकोटी, गुणराज खनाल, सनील परियार, रिना थापा मगर, लक्ष्मी रम्तेल, सागर श्रेष्ठ र सुनील थापा मगर पनि चयन भएका छन् ।
वाईसीएल नेपालको दोस्रो राष्ट्रिय भेलाबाट कार्यसमिति चयन गरिएको हो ।




















