गोरखा । गोरखा अस्पतालमा आजबाट डायलासिस सेवासुरु भएको छ । अस्पतालले मंगलबारदेखी सेवा दिने गरी तयारी पुरा गरेको सुचना अधिकारी कृण्ण ढकालले जानकारी दिए ।
‘बिरामीले बार अनुसार डायलासिस गनुपर्ने हुन्छ । हामीले हिजैदेखी बिरामीको नाम लिएका छौ’ भन्दै सूचना अधिकारी ढकालले ‘डायलासिसका लागि आज कती जना आउनु हुन्छ हामी प्रतिक्षा गरिहेका छौ’ भने । अस्पतालले सुचना ने जारी गरेर सोमबारदेखी नामदर्ता गराउन भनिएको थियो ।
जिल्लामा डायलासिस सेवा सुरु गर्ने गोरखा अस्पताल नै पहिलो भएको छ । साता दिन अगाडी मात्रै गोरखा रेडक्रसले रक्त संञ्चार केन्द्र सञ्चालनमा ल्याए लगत्तै गोरखा अस्पतालले डायलासिस सेवा सुरु गर्न थालेको हो ।
अस्पतालले सोमबारसम्म बिरामीलाई सेवा दिने गरी ५ वटा डायलासिसको मेशिन जडान गरिसकेको छ । जिल्ला मा नै डायलासिस सेवा सुचारु भएपछि भने बिरामीहरुले चितवन, पोखरा र काठमाण्डौ धाउनु पर्ने बाध्यता हट्ने छ ।


