गोरखा । रोटरी क्लब अफ गोरखाले भीमसेन थापा गाउँपालिकाको लागि ३ थान ब्हील चियर प्रदान गरेको छ । असाह्य ब्यत्ति र आश्रमलाई हुने गरी क्लबले ३ थान ब्हील चियर प्रदान गरेको सचिव अन्जनबावु खत्रीले जानकारी दिए ।
क्लबले पालिकालाई उपब्ध गराएको ब्हील चियर मध्ये भीमसेन थापा गाउँपालिका ३ अमिलिचौरमा रहेको बुढी गण्डकी बृद्वाश्रमलाई २ थान र सोही वडाका लोकनाथ भट्टलाई १ थान गरी ३ थान उपलब्ध गराईएको क्लबका अध्यक्ष कृण्ण ढकालले बताए ।

बितरीत ब्हील चियर भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जारालाई एक कार्यक्रम बिच हस्तान्तरण गरिएको क्लबले जनाएको छ । कार्यक्रममा रोटरी क्लब अफ गोरखाका अध्यक्ष कृण्ण ढकाल, पूर्व अध्यक्ष पवनरमण खनाल, प्रेसिडेन्ट नोमिनी बिनोद बस्नेत, सचिव अञ्जनबावु खत्री, सह सचिव संगमबावु श्रेष्ठ र भीमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादृुर अधिकारीको समेत उपस्थिती रहेको थियो ।
क्लबले केही सयम यता असत्त ब्यत्तिहरुलाई ब्हील चियर बितरण गदै आएको छ ।


