गोरखा । राष्ट्रिय भूमि आयोग गोरखाले जिल्ला भित्रका सवै पालिकमा भुमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासबासीहरुका लागि जग्गा उपलब्ध गराउन तिव्र गतिमा काम भइरहेको जनाएको छ ।
गोरखा सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरी आयोगका जिल्ला अध्यक्ष कमला नहर्कीले जिल्लाको बारपाक सुलिकोट र शहीद लखन गाउँपालिकामा कम्युटर डाटा इन्ट्रीको काम सुरु भइसकेको र बाँकी पालिकाहरुमा यही भदौं १ गतेदेखि लगत संकलनको काम सुरु गरेको जानकारी दिइन ।
‘अघिल्लो आयोगले २ पालिका संग सहमति पत्रमा हस्ताक्षर गराएर काम भई रहेको अहिलेकाले ७ पालिकासंग सहमति पत्रमा हस्ताक्षर गरेर काम अघि बढाई काम भईरहेको जानकार दिदै अध्यक्ष नहर्कीले आयोगले छिटो भन्दा पनि व्यवस्थित ढंगले काम गरेर जग्गा धनी पुर्जा बितरण गर्ने गरी काम गरिरहेको जानकारी गराईन ।
पत्रकार सम्मेलनमा पछिल्लो पटक जिल्लाका ५ वटा पालिकामा सहजीकरण समिति निर्माण तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन र सम्पन्न गरी सकेको पनि जानाकारी गराइएको थियो ।
‘अजिरकोट, आरुघाट, शहीद लखन गाउँपालिका तथा गोरखा र पालुङटार नगरपालिकामा अभिमुखीकरण कार्यक्रम भइसकेको छ । ति पालिकाहरुमा सहजीकरण समिति समेत गठन गर्ने काम सम्पन्न भएको छ ।
सबै स्थानीय तहहरुले सेवा केन्द्रको स्थापना गरेर फोकल पर्सन समेत तोकेर काम अघि बढाएको आयोगले जनाएको छ । बाँकी रहेका पालिकाहरुमा पनि छिट्टै अभिमुखीकरण तालिम सञ्चालन गरी सहजीकरण समिति गठन गर्ने अध्यक्ष नहर्कीले जानकारी दिए ।
आयोगले जिल्लामा यस अघिको आयोगले गरेका कामलाई निरन्तरता दिएको पनि पत्रकार सम्मेलनमा जानकराी गराईएको थियो ।
पत्रकार सम्मेलनमा भूमि आयोग गोरखा बिज्ञ सदस्य लुमनाथ लामिछाने, आयोगका सदस्य बिपिनचन्द्र ढकाल, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।


