गोरखा । भीमसेन थापा गाउँपालिकाले युवाहरुलाई क्षमता अभिबृद्धिका लागि अभिमुखीकरण तालिम प्रदान गरेको छ ।
गाउँपालिका भित्र बसोबास गर्ने करिब १०० युवाहरुलाई स्वरोजगारको क्षेत्रमा प्रेरित गर्न तथा पालिकाको बिकास निर्माणमा भूमिका खेल्ने गरी उत्प्रेरणा दिन बिभिन्न बिषयमा अभिमुखीकरण तालिम प्रदान गरेएको हो ।
‘बेरोजगार युवाहरु श्रमसंग कसरी जोड्न सकिन्छ भन्ने बिषयमा अनुभव प्राप्त व्यक्ति तथा बिज्ञहरुको सुझाव युवाहरुसम्म पु¥याउन गाउँपालिकाले अभिमुखीकरण कार्यक्रम गरेको अध्यक्ष लोकप्रसाद बञ्जाराले जानकारी दिए ।
अध्यक्ष बञ्जाराले छिट्टै सवै वडाहरुमा युवाहरुको स्वयसेवक टिम निर्माण गर्ने र उनिहरुलाई बिपत व्यवस्थापन, श्रमदान लगायतका क्षेत्रमा परिचालन गर्ने समेत जानकारी दिए । टिममा १० जना युवाहरु रहेन ब्यवस्था गरिएको छ ।
सहभागी युवाहरुलाई बिपत व्यवस्थापन, उद्यमशिलता, बित्तिय सारक्षरता तथा सफ्टलोन बिषयमा अभिमुखीकरण गरिएको प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।
बित्तिय साक्षरता तथा सहुलियत ऋण प्राप्त गर्ने तरिका तथा प्राबिधिक सिप बिकास लगायका बिषयमा तालिम केन्द्रीत भएको पनि अधिकृत अधिकारीले बताए ।
सोही अबसरमा युवाहरुलाई सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर गुल्म गोरखाले बिपत व्यवस्थापन तालिम दिइएको थियो ।
तालिममा राष्ट्रिय बाणिज्य बैंक नेपाल गोरखाका शाखा प्रबन्धक कपिल कार्कीले, चितवन उद्योग बाणिज्य संघका उपाध्यक्ष युवराज वस्ती, सिटीइभिटीका सन्जिता लामिछानेले अभिमुखीकरण गराएका थिए ।



