गोरखा । गोरखा अस्पतालमा भोलीबाट डायलासिस सेवासुरु हुने भएको छ । अस्पतालले भदौ ७ गतेदेखि सेवा
दिने गरी तयारी पुरा गरेको हो ।
्
डायलासिस गनुपर्ने वा गराईरहेका बिरामीलाई आजैदेखी अस्पताल प्रशासन आएर नामदर्ता गराउन भनिएको सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिए ।
जिल्लामा डायलासिस सेवा सुरु गर्ने गोरखा अस्पताल नै पहिलो भएको छ । साता दिन अगाडी मात्रै गोरखा रेडक्रसले रक्त संञ्चार केन्द्र सञ्चालनमा ल्याए लगत्तै गोरखा अस्पतालले डायलासिस सेवा सुरु गर्न थालेको हो ।
जिल्ला मा नै डायलासिस सेवा सुचारु भएपछि भने बिरामीहरुले चितवन, पोखरा र काठमाण्डौ धाउनु पर्ने बाध्यता हट्ने छ ।




















