गोरखा । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रिय पदाधिकारीमा गोरखाका २ जनालाई चयन गरिएका छन् । चुनिएका पदाधिकारीहरुमा नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र हितराज पाण्डे सचिवमा चयन भएका हुन् ।
केन्द्रको शुक्रबार बसेको स्थायी कमिटी बैठक बिना निष्कर्ष टुगीए पछि आज पुनः बसेको बैठकले श्रेष्ठलाई बरिष्ठ उपाध्यक्ष र पाण्डेलाई सचिवमा चयन गरेको हो ।
महाधिवेशन भएको ९ महिना बितिसक्दासम्म पनि पदाधिकारी चयनमा ढिलाई भएको भन्दै माओवादी केन्द्र भित्रै गुनासो बढे पछि अध्यक्ष दाहालले आजलाई पुनः बैठक बोलाएका थिए ।
२१ सदस्यीय पदाधिकारीमा श्रेष्ठ र पाण्डे पर्नुलाइ पनि गोरखाले महत्वका साथ हेरीरहेको एक माओवादी नेताले बताए ।
पदाधिकारी महाधिवेशनसम्मका लागि भनिएको भएता पनि महाधिवेशन कहिले हुने भन्ने टुगों भने लाग्न बाँकी नै छ ।


