गोरखा । नेपाल कम्यूनिष्ट पार्टी (विप्लप) समूहले बिगतमा सरकार संग भएको ३ बुदे सहमती पालनाको लागी दवाव दिदै कोण सभा सम्पन्न गरेको छ । पार्टी माथिको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकताको रिहाईका साथै सबै मुद्वा खारेज गर्न भन्दै सदरमुकाममा कोण सभा सम्पन्न गरेको हो ।
सदरमुकामको शत्तिचोकमा कोण सभा गर्दै जिल्ला सक्रेटरी कपिल भट्टले आफ्नो पार्टी माथिको प्रतिवन्ध तत्लकालै हटाउन र देशको विभिन्न कारागारमा रहेका नेता तथा कार्यकताहरुलाई तत्कालै रिहाई गर्न माग गरे ।
कोण सभामा बोल्दै भट्टले आफ्ना नेता तथा कार्यकता माथि सरकारले लगाएको सबै प्रकारको मुद्वा तत्कालै खरेज गर्न नगरेको खण्डमा कुनै पनि समयमा कडा प्रकारको आन्दोलमा उत्रने चेतावनी दिए ।
सभामा उपस्थितहरुले मुल्य बृद्वि नियन्त्रण गर, तिन बुदे सहमती लागु गर, नो एमसीसी भन्दै नाराबाजी समेत गरेका थिए ।



