गोरखा । नेपाल तमु (गुरुङ) विद्यार्थी छोँज धिं गोरखाको नयाँ कार्य समिति गठन गरिएको छ । नव गठित समितिको अध्यक्षमा मनोज गुरुङ चयन भएका छन् ।
समितिको उपाध्यक्षमा पवन गुरुङ, प्रेमा गुरुङ, सचिवमा राजन गुरुङ, सह सचिवमा देवी गुरुङ र कोषाध्यक्षमा अन्जना गुरुङ चयन भएका छन् ।
त्यस्तै गरी, सदस्यहरुमा कुमारी गुरुङ, चाँदनी गुरुङ, अनिशा गुरुङ, उबेशी गुरुङ, सरमाया गुरुङ, विवर गुरुङ, धनु गुरुङ, विशाल गुरुङ र लालमान गुरुङ चयन भएको तमु बिद्यार्थी छोंज धिंले जनाएको छ ।
कार्यबाहक अध्यक्ष राजन गुरुङको अध्यक्षता तथा तमूह्युला छोज धिं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति गोरखाका अध्यक्ष रामबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा तमू विद्यार्थी छोँज धिं का महासचिव पूर्णबहादुर तमु, नेपाल विद्यार्थी छोँज धिं ३ नम्बर प्रदेशका पवन तमू, तमू ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषदका सदस्य शुकबहादुर तमू लगायतको उपस्थितिमा रहेको थियो ।




















