गोरखा । आरुपोखरीको दरर्बार माविमा आज गरिएको एन्टिजेन परिक्षणका क्रममा १५ जना बिद्यार्थीमा पोजेटिभ देखिएको छ । बिद्यार्थीहरुमा पोजेटिभ देखिए लगत्तै साता दिनकोलागि स्कुल बन्द गरिएको आरुघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले बताए ।
आरुघाट गाउँपालिका–८ को आरुपोखरीमा रहेको दरबार माविमा ६६ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा १५ जना विधार्थीमा संक्रमण देखिएको हो । साथै १–१ वडाध्यक्ष, स्वास्थ्यकर्मी र शिक्षकलाई पनि संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख थापाले जानकारी दिए ।
स्कुलमा शिक्षक र बिद्यार्थीहरुलाई कोरोना भाइरस संक्रमण पुष्टी भए लगत्तै १ साताको बिद्यालय बन्द गरिएको छ ।
विधार्थीहरुमा केहिदिनदेखि रुघाखोकी, ज्वराका लक्षण देखिएपछि परिक्षणको क्रममा उक्त संख्यामा पोजेटिभ देखिएको हो । संक्रमित मध्ये ९–९ जना महिला र पुरुष छन् ।


