गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव लगत्तै डा.बावुराम भट्टराईको पार्टी माओवादी केन्द्र संग पार्टी एकता हुने बताए ।
गोरखामा सञ्चारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष दाहालले चुनाव पछि पार्टी एकताको संभावना प्रवल रहेकाे बताएका हुन् ।
गठबन्धनमा सामेल भए लगत्त डा.भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट संसदीय निर्वाचनमा पुनः उम्मेदवार बन्ने कुरा बजारमा चर्चा पाएको छ नि त ? भन्ने पत्रकारहरुको जिज्ञासामा अध्यक्ष दाहालले बावुराम भट्टराई फेरी एक पटक हसियाँ हथौडा चुनाव चिन्ह लिएर उठन र एकै ठाउँमा उभियौ यो गोरखाको लागि महत्वको बिषय भएको भन्दै ‘अब हामीले को कहाँबाट उठने भन्ने ठुग्याईएको छैन । जे भए पनि बावुराम जी र हामी फेरी एक चोटी हसियाँ हथौडाबाट चुनाव लडने भैयो’ अध्यक्ष दाहालले भने ।
‘फेरी एकै ठाउँमा उभिने भयो । यो गोरखाको लागि पनि विशेष महत्वको कुरा हो’ पत्रकार संग कुरा गर्दै अध्यक्ष दाहाले भने ।
त्यस बाहेक पनि नेकपा एस संग पार्टी एकता हुने भन्दै ‘नेकपा एस संग पार्टी एकता संयोजन समिति बन्छ’ अध्यक्ष दाहालले भने ।
नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको उदघाटनका लागि आएका बेला अध्यक्ष दाहालले कार्यकता संगको भेटघाट समेत गरेका थिए ।


