गोरखा । आजदेखी गोरखा सदरमुकाममा हुने लागेको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी पुरा भएको छ । नेपाल जेसिजको आयोजना तथा गोरखा जेसीजको आतिथ्यतामा गोरखा सदरमुकामको गोरखा स्रग्रालय परिषरमा हुने सम्मेलनको तयारी पुरा आयोजक संस्थाले जनाएको छ ।
संम्मेलनमा भाग लिने गरी बिहीबार साँझसम्म नेपाल जेसीजका पदाधिकारी तथा विभिन्न जिल्लाबाट आउने जेसीजका शाखाहरु आएको र बाँकी आज कार्यक्रम अघि नै आई पुग्ने कार्यक्रम उप निर्देशक शरण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार हिजो साँझसम्म २५० जना भन्दा बढी जेसीजहरु जिल्ला आईसकेका छन् ।
कार्यक्रम स्थल गोरखा संग्रालय परिषरलाई झकीझकाउ बनाइएको छ । गोरखा बजारको पुरै क्षेत्रलाई पनि गोरखा जेसीजले ध्वजापताकाले सजाएको ५ भने विभिन्न संघ संस्थाले स्वागत ब्यानर राखेर अतिथीहरुको स्वागत गरेका छन् ।
सहभागीलाई मध्ये नगर गरेरै आजैदेखी रानी पोखरीमा बोटिङ सञ्चालनमा ल्याएको छ भने गोरखा स्रग्रालयमा राजा पृथ्वीनारायण शाखाको प्रतिविम्ब सञ्चालनमा आएको छ ।
बिहीबार टाढा टाढा जिल्लाका जेसीजहरु आएको र आज भने वरपर जिल्लाका जेसीजका साथीहरु आउने आतिथ्यता शाखा गोरखाले जानकारी दिएको छ ।
क्षेत्र ‘ख’ अन्तरर्गत रहेको ३९ शाखा र ४ वटा जुनियर जेसीज शाखा गरी ४३ शाखाका करिब ६०० जेसीजहरु सम्मेलनमा सहभागी हुनेछन् ।
आज र भोली चल्ने सम्मेलनमा अन्य ३०० जति पर्यवेक्षक र अथितीहरुको समेत सहभागीता हुने कार्यक्रम निर्देशक भगवानबावु मास्केले जानकारी दिए ।
प्रमुख अतिथी प्रचण्ड ढिला गरी कार्यक्रममा आउने
आज बिहान ११ः०० बजेबाट सुरु गर्ने भनिएको सम्मेलनमा प्रमुख अतिथीको रुपमा सहभागी हुने आउने नेकपा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समय ढिला गरी कार्यक्रममा सहभागी हुने जानकारी प्राप्त भएको छ ।
राजधानीमा राजनैतिक भेटघाटका केही कार्यक्रम बाँकी रहेको भन्दै प्रमुख अतिथी प्रचण्ड दिउसो २ः३० बजे राजधानीबाट हेली मार्फत गोरखा आउने र कार्यक्रममा ३ः०० बजे सहभागी हुन आउने आयोजक नेपाल जेसीज तथा आतिथ्यता शाखा गोरखाले जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक केदार खनालले पनि प्रमुख अतिथी आउने कार्यक्रमको सेडुल सामान्य परिवर्तन भएर ३ः०० बजे मात्र कार्यक्रममा सहभागी हुने जानकारी दिए ।






























