गोरखा । गोरखा सदरमुकाममा सुविधा सम्पन्न रत्तसञ्चार केन्द्र सञ्चालनमा आएको छ । गोरखा रेडक्रसको पहलमा सदरमुकामको बासेपानी धारा क्षेत्रमा ३ करोड ५० लाख रुपैयाँ लागतमा अत्याधुनिक सुबिधा सम्पन्न रत्तसञ्चार केन्द्र सञ्चालनमा आएको हो ।

गोरखा नगरपालिका ६ को बासेपानी धारा स्थित साविक जिल्ला शिक्षा कार्यालयको पुरानो भवनमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाको पहलमा केन्द्र स्थापना गरी बुधबारदेखी सञ्चालनमा आएको गोरखा रेडक्रसका कार्यालय प्रमुख सुवास घिमिरले जानकारी दिए ।
केन्द्रलाई बुधबार नै राेटरी क्लब अफ गाेरखाकाे तर्फबाट अघ्यक्ष शरद कट्टेलले १ थान रेफ्रिजेरेटर समेत प्रदान गरिएकाे थियाे ।

३ बर्ष अगाडीदेखी काम भएको भएता पनि केही महत्वपूण सामानहरु र कर्मचारीको अभाव केन्द्र सञ्चालनमा ल्याउन सकिएको थिएन । बेल्जियम रेडक्रस सोसाइटी अन्तरर्गतको ग्याप नामक संस्थाको सहयोगमा उक्त स्थानमा केन्द्र सञ्चालनमा आएको हो ।

रत्तसञ्चार केन्द्र सञ्चालनमा आए लगत्तै चितवनदेखी रगत लिएर आउनु पर्ने बाध्यता टरेको केन्द्रले जनाएको छ । केन्द्र स्थापना भएपछि गोरखा अस्पतालमा हुने डायलाइसिसका बिरामीहरुलाई ठुला शहरमा पुगेर रगत ल्याउनु पर्ने अवस्था अब नहुने पनि गोरखा रेडक्रसले जनाएको छ ।
रत्तसञ्चार केन्द्रको एक कार्यक्रम बिच जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाले रिबन काटेरउद्घाटन गरेका थिए ।


