गोरखा । जिल्लाको विभिन्न स्थानमा १७ जनामा एन्टिजेन परिक्षण गर्दा ५ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका सबै पुरुष भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
कार्यालयले उपलब्ध गराएको रकर्ड अनुसार पालुङटार नगरपालिकामा १ जना महिला र २ जना पुरुषमा परिक्षण गर्दा १ जना पुरुष, आरुघाट गाउँपालिकामा १ जना महिला र ११ जना पुरुषमा गरिएको परिक्षणमा ३ जना पुरुष र भीमसेन थापा गाउँपालिकामा ७ जना महिला र ४ जना पुरुषमा परिक्षण गर्दा १ जना पुरुषमा संक्रमण देखिएको कार्यालयका फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए ।
फोकल पर्सन अर्याललका अनुसार ०७९ साल साउन १ गते यता जिल्लाको विभिन्न स्थानमा गरी बुधबारसम्म ६८३ जनामा एन्टिजेन परिक्षण गरिएको छ । जस मध्ये १५२ जनामा पोजेटिभ देखिएको थियो ।
पोजेटिभ देखिएका मध्ये ६३ जनालाई निको भईसकेको छ भने हाल विभिन्न स्थानिय तहमा ८६ जना सक्रिय संक्रमित रहेका छन् ।



