स्वागत गित र गितमा नर्त्य गर्दै
गोरखा । गोरखा क्याम्पसका ४५ औं बार्षिकोत्सव सम्पन्न भएको छ । क्याम्पसले बार्षिकोत्सवको अवशरमा आज एक कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रमको गोरखा नगरपालिकाका प्रमुख कृण्णबहादुर रानामगरले पानसमा बत्ति बालेर उदघाट्न गरेका थिए ।
०५३ साल भाद्र १ गते स्थापना भएको क्याम्पस बुधबारदेखी ४४ बर्ष पुरा भएर ४५ बर्षमा प्रवेश गरेको हो । त्रिभुवन विश्व बिद्यालयको जिल्लाको एक मात्र आङगिक क्याम्पसको रुपमा रहेको गोरखा क्याम्पसले सुरुमा शिक्षा संकाय मात्र सञ्चालन गरेको भएता पनि हाल ब्यवस्थापन बिषयको विविएस र बिज्ञान बिषय तर्फ बिएससी बिषयहरु थप गरेर अध्यापन गराउदै आएको छ ।
क्याम्पसले केही समय भित्रै गुणस्तर प्रत्यायन सुनिश्चितता अर्थात क्युएए प्रमाण पत्र पाउने पनि प्रशासनले जनाएको छ । आवश्यक संरचना नहुदा ब्यवस्थापन बिषयको विविए कक्षा सञ्चालनमा समस्या भएको भन्दै क्याम्पसले त्रिभूवन विश्व बिद्यालय र भारतमा रहेको एक्जिम बैंक बिच भएको सम्झौता बमोजिमको क्याम्पस हाता भित्रै १५ करोडको लागतमा भवन निर्माणको थालनी गरेको छ ।
जिल्लामा क्याँम्पसलाई अब्बल देखाउने उद्वेश्यका साथ विश्व विद्यालय अनुदान आयोजनाको सहयोगमा अत्याधुनिक बिज्ञापन प्रयोग शाला निर्माण सम्पन्न गरेको छ भने बिद्युतीय पुस्तकालयको सञ्चालनको तयारी भईरहेको क्याम्पस प्रमुख रामशरण बानियाँले बार्षिकोत्सवमा जानकारी गराएका थिए ।
आजै बार्षिकोत्सवको पूव सन्ध्यामा क्याम्पस हाता भित्रै भएको छात्र छात्रा खुल्ला दौड, सटफुट, विद्यार्थी र शिक्षक कर्मचारी बिच मैत्रीपूर्ण भलिवल प्रतियोगिता, महिला शिक्षक तथा कर्मचारी बिच म्युजिकल चियर, शिक्षक तथा कर्मचारी विच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता र अन्तर कलेज बकतृत्व कला प्रतियोगितामा प्रथम, दितिय र तृतिय हुनेलाई कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख रानामगरले नगद र प्रमाण पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, जिल्ला भित्रका स्थानिय तहका प्रमुख तथा प्रतिनिधी, समाजसेवी तथा बिद्यार्थी र शिक्षक कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
























