गोरखा । भीमसेन थापा गाउँपालिकाको ५ स्कुलका बिद्यार्थीहरुमा आज गरिएको एन्टिजेन परिक्षणका क्रममा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिए संगै बिद्यालयहरु केही दिनको लागि बन्द गरिएको छ ।
भीमसेन थापा गाउँपालिका १ को मसेलमा रहेको दुल्लभ, बिन्द्रावती, कनकामना र चण्डेवरी तथा ६ को अश्राङमा रहेको नव जागृती चण्डी माविमा सोमबार गरिएको एन्टिजेन परिक्षणका क्रममा ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए ।
संक्रमण देखिएका मध्ये दुल्लभवमा ६४ जना मध्ये १४ जना, बिन्द्रावतीमा ५० जना मध्ये ७ जना, कनकामनामा ४० जना मध्ये २ जना र चण्डेवरीमा ३३ जना मध्ये ५ जना तथा नव जागृती चण्डीमा ५६ जना मध्ये १० जनामा संक्रमण देखिएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए ।
परिक्षण गरिएको ५ वटा स्कुलमा ११० जना महिला र १३३ जना पुरुषको एन्टिजेन परिक्षण गरिएको थियो ।


