गोरखा । गोरखा क्याम्पसका ४५औं बार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाईएको छ । क्याम्पसले बार्षिक उत्सवको अवशरमा विभिन्न खेलकुदका साथै बक्तृत्व कलाको आयोजना गरेको थियो ।
क्याम्पस हाता भित्रै भएको छात्र छात्रा खुल्ला दौड अन्तरर्गत छात्रा तर्फ बिएड प्रर्थम बर्षमा अध्ययनरत अनुपा उपरकोटी पहिलो, कल्पाना तामाङ दितिय र बिपना बिष्ट तृतिय भएका थिए ।
छात्र तर्फको खुल्ला दौडमा भने बिएड प्रथम बर्षमा अध्ययनरत राजाराम बोहरा, दिपेश घले र नवराज गुरुङ क्रमश. पहिलो, दोस्रो र तेस्रो भएका थिए ।
बार्षिक उत्सवको अवशरमा सटफुट, विद्यार्थी र शिक्षक कर्मचारी बिच मैत्रीपूर्ण भलिवल प्रतियोगिता, महिला शिक्षक तथा कर्मचारी बिच म्युजिकल चियर, शिक्षक तथा कर्मचारी विच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता र अन्तर कलेज बकतृत्व कला प्रतियोगिता समेतको आयोजना गरिएको कार्यक्रम संयोजक शिवदत्त दवाडीले जानकारी दिएको छ ।
सटफुटमा छात्रा तर्फ सिता गुरुङ, विपना बिष्ट र सुस्मिता दवाडी र छात्र तर्फ दिपेश घले, संगम भट्ट र प्रफुल पोखरेल क्रमश. पहिलो, दोस्रो र तेस्रो भएका थिए ।
बिद्यार्थी र शिक्षक कर्मचारी बिचको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा भने ४ समूहको सहभागिता रहेको थियो ।
त्यस्तै गरी, महिला शिक्षक तथा कर्मचारी बिच भएको म्यूजिकल चियर तर्फ सरिता पोखरेल, सुशीला पाण्डे र शान्ती लामिछाने तथा छात्रा तर्फ सल्मा खातुन, बिनिषा अधिकारी र विपना बिष्ट प्रर्थम, दोस्रो र तृतिय भएका थिए ।
यता अन्तर कलेज बकतृत्व कला प्रतियोगितामा भने द्रब्यशाह बहुमुखी क्याम्पस, भीमोदय बहुमुखी क्याम्पस, भवानी बहुमुखी क्याम्पस र गोरखा क्याम्पसको सहभागिता रहेको थियो ।


