गोरखा । पालुङटारमा हिजो साँझ ट्याक्टरले च्यापेर १ जना महिलाको मृत्यु भएको छ । पालुङटार नगरपालिकामा–४ को बाह्रप्रिकेमा ग. १ त ४७०० नम्बरको ट्याक्टरले च्याप्दा स्थानीय ४० बीर्षया अञ्जु सुनारको मृत्यु भएको हो ।
आइतबार दिउसो ४ः३० बजे सोही टयाक्टरमा यात्रा गरीरहेकी अञ्जु एक्कासी खसेर टायरले च्यापीएदा गंभिर घाईते भएकी थिईन । गम्भीर घाइते भएकी उनको उपचारको लागि चितवन लगिएको भएता पनि उपचारकै क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


