गोरखा । गोरखाको पालुङटारमा हिजो रोपाई जात्रा हेरेर फर्कन क्रममा भएको झगडामा परी १ जना युवकको ज्यान गएको छ । पालुङटार नगरपालिका–५ को धरमपानीमा शनिबार राती भएको कुटपिटबाट स्थानिय ३५ बर्षिय बुद्वि बिश्वकर्माको ज्यान गएको हो ।
ठाटीपोखरी बजारमा भएको रोपाई जात्रा हेरेर फर्किने क्रममा भएको झडपमा परी विक गंभिर घाईते भएका थिए । उनको स्थानिय आँपपपिल अस्प्तालमा उपचारको क्रममा ज्यान गएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
शनिबार राती १०ः०० बजेतिर उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए ।
घटनामा संग्लन रहेका ३ जनालाई प्रहरीले पक्राउ गरिएको छ । प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन । विकको शबको पोष्टमार्टम हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको बारेमा अनुसन्धान भई रहेको गोरखा प्रहरीले जनाएको छ ।


