गोरखा । जिल्लाको जौबारीमा रहेको बाघडाडाँ जंगलमा १ जना बृद्वको मृक्त शरिर फेला परेको छ । बारपाक सुलिकोट ७ सौरपानी घर भएका ८५ बर्षिय धनराज गुरुङको मृक्त शरिर फेला परेको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
लामो समयदेखी छोरी उजेली गुरुङको घरमा बस्दै आएका बृद्व धनराज साउन १९ गते गाईबस्तु लिएर जंगल चराउन गएदेखी सम्र्पक बिहीन भएका थिए । सिरानचोक गाउँपालिका ८ जौबारीमा रहेको छोरी ज्वाईको घरमा बस्ने उनको प्रहरी र स्थानियले खोजी गर्दा साउन २७ गते बाघडाडाँ जंगलमा मृक्त फेला परेका थिए ।
आफ्नो घरमा कोही नभए पछि छोरी ज्वाईका बस्दै आएका धनराज १९ गते रातीसम्म पनि घर नफर्किए पछि २० गते छोरी उजेरी र ज्वाई श्यामले प्रहरीमा खबर गरेका थिए । २० गतेदेखी नै प्रहरी र स्थानिय खोजी गर्दा पनि फेला नपरेका धनराज २७ गते भने बाघडाडाँ जंगलमा सडीगलेको अवस्थामा फेला परेका थिए ।
साउन २७ गते १२ः३० बजे साम्पानी भन्ने जंगलमा मृक्त फेला परेका धनराजको शव स्थानिय र जनप्रतिनिधीको रोहबरमा ज्वाई श्याम गुरुङलाई शव बुझाएको जिल्ला प्रहरी कार्याmल गोरखाले जानकारी दिएको छ ।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा बृद्व धनराज भिरबाट लडेर उठन नसकेको अवस्थामा जस्तो देखिएको पनि गोरखा प्रहरीले जानकारी दिएको छ । गोरखा प्रहरीले उनको बारेमा थप अनुसन्धान भई रहेको जनाएको छ ।


