गोरखा । नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन २०२२ गोरखा हुने भएको छ । गोरखा जेसीजले आज पत्रकार सम्मेलन गर्दै क्षेत्र ‘ख’ को सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
नेपाल जेसीजको आयोजना र गोरखा जेसीजको आतिथ्यतामा भाद्र ३ र ४ गते हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको भन्दै कार्यक्रममा जुनियर जेसीज सहित ४३ शाखा र अतिथी गरेर ९०० जनाको सहभागीता रहने नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनका निर्देशक भगवानबाबु मास्केले जानकारी दिए ।
जेसीजको ३९ शाखा र जुनियर जेसीजको ४ शाखाका साथै नेपाल जेसीजको ‘क’, ‘ग’ र ‘घ’ का पदाधिकारीहरुले पनि सम्मेलनमा सहभागीता जनाउने निर्देशक मास्केले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
सम्मेलनको उदघाट्न नेकपा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गर्ने उपनिर्देशक शरण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष तथा पदाधिकारीहरु र अतिथीहरुको सहभागीता रहने छ ।
हल अभावका कारण गोरखा स्रग्रालय परिषरमा कार्यक्रममा आयोजना गरिएको आत्थिय शाखा गोरखाले जनाएको छ । कार्यक्रम अवधी भित्र जिल्ला भित्रको ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय स्थलहरुको सहभागीलाई दृष्य मार्फत जानकारी गराउने कार्यक्रम पनि तय भएको छ ।
२ दिन चल्ने कार्यक्रममा सहभागीहरुलाई ३ भिन्न प्रकारको तालिमको पनि ब्यवस्था गरिएको गोरखा जेसीजले जानकारी दिएको छ ।
३ गते ११ः३० बजेबाट कार्यक्रम सुरु गरिने भएको छ । ४ गते बिहान भने गोरखा जेसीजको आयोजनामा ठुलो आँगनबाट ‘शान्ति पद यात्रा’ गरेर पदेली, पुरानो बसपार्क, शक्तिचोक, कालिमाटी बजार, लोकतान्त्रिक चोक, अस्पताल मार्ग हुदै पाटेचौरबाट पुनः ठुलो आँगन पुगेर टुगिने कार्यक्रम तय भएको छ ।
पद यात्राकै क्रममा जिल्ला भित्रको विभिन्न साँस्कृतीक कार्यक्रमको झलक समेत प्रर्दशन गरिने भएको छ । जस अनुसार पद यात्राको क्रममा प्रयोग गरिने मार्गको विभिन्न स्थानमा साँस्कृतीक कार्यक्रमहरु प्रर्दशन हुने गोरखा जेसीजले जानकारी दिएको छ ।
कार्यक्रमको पहिलो दिनमा नै जेसीजमा लागेर स्थानिय तहमा निर्वाचित भएका पदाधिकारीहरुलाई सम्मानका साथै जिल्लाका प्रतिष्ठीत ब्यक्ति र हालै सम्पन्न एसइईमा जिल्ला भित्र सर्वोउत्कृष्ठ अंक ल्याउने बिद्यार्थीलाई पनि सम्मान गर्ने कार्यक्रम तय गरिएको छ ।
कार्यक्रम अवधीभरमा ४५ लाख खर्च हुने अनुमान गरेको आयोजनक संस्थाले सहभागीबाट प्रति ब्यक्ति ४ हजार ७५० र जोडी भएमा ८ हजार ५०० रुपैयाँ रजिष्ट्रेशन फि उठाउने भएको छ ।
उता जुनियर जेसीजलाई भने कार्यक्रममा कुनै पनि शुल्क नलिने घोषणा गरिएको छ ।



