गोरखा । जिल्लाको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले आफुले पाउने सेवा र सुविधा बिद्यालयलाई प्रदान गरेका छन् । तिमिल्सिनाले आफुले पाएको पहिलो महिनाको सेवा सुविधा वापतको ३६ हजार २०० रुपैयाँ घ्याल्चोकमा रहेको ज्ञानमार्ग माध्यामिक विद्यालयलाई प्रदान गरेका हुन ।
चुनावमा आफुले पालिका अध्यक्ष जितेमा जनप्रतिनिधि वापत प्राप्त हुने सम्पूर्ण सेवा सुविधाको रकम सामाजिक काममा खर्च गर्ने प्रतिबद्धता गरेका उनले पहिलो महिनाको सेवा सुविधा स्कुललाई प्रदान गरेका हुन् ।
उनले उक्त रकम विद्यालयको शैक्षिक उन्नतीको लागि खर्च गर्ने गरि प्रदान गरिएको बताए । बिद्यालयलाई रकम हस्तान्तरण गर्दै अध्यक्ष तिमिल्सिनाले जनप्रतिनिधी भए वापत पाउने सम्पूर्ण सेवा र सुविधाको रकम सामाजिक काममा खर्च प्रतिबद्वता ब्यक्त गरे ।




















