पक्राउ परेका उमेश र उवराजका साथमा लागुऔषध
गोरखा । गोरखा प्रहरीले दरौदी नदी किनारको एक रेष्टुरेन्टबाट अवैध लागुऔषध सहित २ जना युवालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार साँझ ६ः०० बजे शहिद लखन गाउँपालिका ३ को दरौदीको नयाँपुल नजिकै चिजा गुरुङले सञ्चालन गरेको द सेरुजा रेष्टुरेन्टमा छापा मारी तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका ३ चिसापानी निवासी ३२ बर्षका उमेश श्रेष्ठ र ३२ बर्षका युवराज गुरुङलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीलाई प्राप्त विशेष सूचनाको आधारमा रेष्टुरेन्टमा खाजाखाएर बसीरहेका श्रेष्ठ र गुरुङबाट डाईजेपाम ४८ एम्पुल, नोपहिम ४८ एम्पुल र फेर्नालगन ४८ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
पक्राउ परेका दुवैलाई बुधबार गोरखा जिल्ला अदालतबाट अबैध लागुऔषध शिर्षक मुद्वा दर्ता गरी अनुसन्धानका लागि म्याद थप गरिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका ब्यक्ति र लागु औषध कहाँबाट कसरी ल्याएको भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।




















